citizens life insurance long ad
stcnepal long ad

सूर्या हेल्थकेयरमा ज्योति विकास बैंकका ग्राहकलाई २० प्रतिशत छुट

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ज्योति विकास बैंक र सूर्या हेल्थकेयरबीच मंगलबार विशेष छुट प्रदान गर्नेगरि सम्झौता भएको छ । सो सम्झौता अन्तर्गत ज्योति विकास बैंकको डेबिट कार्ड भएका ग्राहकहरुले सूर्या हेल्थकेयरको सम्पूर्ण प्याथोलोजी सेवामा २० प्रतिशत छुट पाउनेछन्।

सम्झौता पत्रमा ज्योति विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा सूर्या हेल्थकेयरका तर्फबाट संस्थाका ल्याब मेनेजर प्रमोद कुमार यादवले हस्ताक्षर गरेका थिए ।

काठमाडौंको लाजिम्पाटस्थित सूर्या हेल्थकेयरमा ज्योति विकास बैंकका ग्राहकले प्याथोलोजी सेवामा बैंकको डेविट कार्ड प्रस्तुत गर्ने बित्तिकै थप २० प्रतिशत छुट पाउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बैंकका देशभर रहेका ग्राहकवर्गले सूर्या हेल्थकेयरमा सो छुट सेवाको लाभ लिन सक्नेछन्।

हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाखभन्दा बढि खाताबाट करिब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई करिब रु। ३१ अर्व लगानी गर्न सफल भएको छ ।

IME Life
kumari