stcnepal long ad
ime life insurance
national life
global ime bank long

सिटिजन्स बैंक इन्टरनेशनलको आठौँ विशेष साधारणसभा

सिटिजन्स बैंकले रु २ अर्बको अग्राधिकार शेयर जारी गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको गत २०८३ जेठ १२ गते बसेको सञ्चालक समितिको बैठक अनुसार आज असार ३ गते बुधबार बैंकको दरबारमार्गस्थित मुख्य कार्यालयमा बिहान ९ः०० बजे आठौं विशेष साधारण सभा बसेको छ।

यस साधारण सभामा १०० रुपैयाँका दरले २ अर्ब रुपैयाँ बराबरको ‘७.५ प्रतिशत सिटिजन्स अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने, यसका लागि आवश्यक पर्ने अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने र संरचना संशोधन गर्ने, बैंकको समूहगत शेयर स्वामित्वलाई थप स्पष्ट पार्ने र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पेश गरिएको छ। साधारण सभाबाट उक्त प्रस्ताव पारित भएको छ।

बैंकले शेयरको लाभांश दर ७.५ प्रतिशत तोकेको छ। बैंकले नाफा भएको वर्षमात्रै यो लाभांश वितरण गर्नेछ।

 

IME Lifesidebar
kumari