stcnepal long ad
ime life insurance
global ime bank long

गरिमा विकास बैंक लिमिटेडले पायो २ अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले गुणस्तरीय बैंकिङ सेवा प्रवाह तथा सूचना सुरक्षा व्यवस्थापनमा उत्कृष्टता हासिल गर्दै दुई अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त गरेको छ।

बैंकले गुणस्तरीय व्यवस्थापन प्रणालीतर्फ आईएसओ ९००१ः२०१५ तथा सूचना सुरक्षा व्यवस्थापनतर्फ आईएसओ २७००१ः२०२२ प्रमाणपत्र प्राप्त गरेको हो। यी दुवै प्रमाणपत्र एकैसाथ हासिल गर्दै गरिमा विकास बैंक सीमित संस्थाहरूको सूचीमा पर्न सफल भएको जनाएको छ।

बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटमा आयोजित कार्यक्रममा विश्वव्यापी सर्टिफिकेसन संस्था ‘इन्टरसर्ट’का तर्फबाट लिड अडिटर रोशन श्रेष्ठले बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत उपाध्यायले गुणस्तरीय बैंकिङ सेवा र सूचना प्रविधिको सुरक्षालाई अझ सुदृढ बनाउँदै ग्राहकको विश्वास जित्ने दिशामा बैंक अघि बढ्ने बताए।

गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय मार्फत करिब ९ लाख ग्राहकलाई सेवा दिँदै आएको छ। बैंकले सरल, सुरक्षित तथा विश्वसनीय डिजिटल र भौतिक बैंकिङ सेवा विस्तार गर्दै आएको जनाएको छ।

prabhu mahalaxmi
kumari