stcnepal long ad
global ime bank long

कुमारी बैंकको चौथो त्रैमासमा १ अर्ब २२ करोड रुपैयाँ नाफा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब २२ करोड रुपैयाँ नाफा कमाएको छ । नाफा अघिल्लो वर्षको भन्दा ०.३१% ले थोरै हो । अघिल्लो वर्ष बैंकले १ अर्ब २३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी २६.४८% ले बढ्दा सञ्चालन नाफा भने ०.७१% ले घटेको छ । असार मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा २६.२८% ले घटेर २१ करोड २८ लाख रुपैयाँमा सीमित भएको छ ।

कुमारीले निक्षेप संकलन ५९.२९% र कर्जा लगानी ५१.९३% बढाएको छ । हाल यसको चुक्ता पुँजी १२ अर्ब ५२ करोड रुपैयाँ र जगेडा कोषमा ३ अर्ब ८२ करोड रुपैयाँ छ ।

कुमारीको खराब कर्जा अनुपात पनि बढेर १.४१% पुगेको छ । प्रतिसेयर आम्दानीमा २ रुपैयाँ ५९ पैसाको गिरावट आएर १२ रुपैयाँ ७७ पैसामा आएको छ ।

यसको प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ४७ पैसा रहेको छ । कुमारीले हालैमात्र देवः विकास बैंकलाई एक्वायर गरेर एकीकृत कारोबार थालेको हो । सोही कारण पनि चुक्ता पुँजी, कर्जा प्रवाह, निक्षेप संकलन लगायतमा पनि वृद्धि हुन सहयोग पुगेको हो ।

IME Lifesidebar
kumari