stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आगामी वर्ष २०८३ मा बैंक तथा वित्तीय संस्था ३५ दिन बिदा हुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । आगामी वर्ष २०८३ मा बैंक तथा वित्तीय संस्था ३५ दिन बिदा हुने भएका छन् । नेपाल राष्ट्र बैंक मानव संसाधन व्यवस्थापन विभाग मार्फत जारी सूचना नयाँ वर्ष, श्रमिक दिवस, बुद्धजयन्ती, गणतन्त्र दिवस, रक्षाबन्धन, गाईजात्रा, कृष्ण जन्माष्टमी, हरितालिका तिज, संविधान दिवस, इन्द्रजात्रा, दसैँ, तिहार, छठ, ल्होसार, महाशिवरात्रि तथा फागुपूर्णिमा जस्ता प्रमुख चाडपर्वमा बैंक तथा वित्तीय संस्था बन्द हुने छन् ।

त्यस्तै केही बिदा क्षेत्र र समुदाय अनुसार फरक फरक रूपमा लागु हुने सार्वजनिक तालिकामा उल्लेख छ । इन्द्रजात्रा काठमाडौँ उपत्यकामा मात्र लागु हुने छ भने तिज र जितियापर्व महिलाका लागि विशेष बिदाका रूपमा तोकिएका छन् । विभिन्न धार्मिक समुदायका चाडपर्वमा सम्बन्धित समूहलाई मात्र बिदा दिइने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।

मौसम अनुसार कार्यालय समय पनि फरक फरक निर्धारण गरेको राष्ट्र बैंकले वैशाख १ देखि कात्तिक १५ र माघ १६ देखि चैत मसान्तसम्म आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालय खुल्ने जनाएको छ ।

यस्तै कात्तिक १६ देखि माघ १५ सम्म भने बिहान १० बजेदेखि साँझ ४ बजेसम्म कार्यालय सञ्चालन हुने जारी सूचनामा उल्लेख छ । हरेक शुक्रबार बैंक कार्यालय बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म मात्र खुल्ने र शनिबार पूर्ण बिदा रहने छन् ।

नेपाल सरकारले घोषणा गर्ने अतिरिक्त सार्वजनिक बिदामा पनि बैङ्क बन्द रहने तथा नगद भुक्तानी, आरटिजिएस, इसिसीलगायतका अत्यावश्यक बैङ्किङ सेवा भने निरन्तर सञ्चालनमा रहने राष्ट्र बैंकले जनाएको छ ।

प्रदेश सरकारले घोषणा गर्ने बिदा अनुसार सम्बन्धित प्रदेशका कार्यालय अधिकतम छ दिनसम्म बन्द गर्न सकिने व्यवस्था गरिएको छ भने सोभन्दा बढी बिदा भएमा गृह मन्त्रालयको निर्णय अनुसार कार्यान्वयन हुने राष्ट्र बैंकले जनाएको छ ।

prabhu mahalaxmi
kumari