stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एनआईसी एशिया बैंकले प्यान र इमेल अद्यावधिक गर्न आग्रह

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना सेवाग्राहीलाई बैंक खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ।

बैंकले एक प्रेस विज्ञप्ति जारी गरेर आयकर ऐन, २०६३ बमोजिम करकट्टीको विवरण अद्यावधिक गर्न आग्रह गरेको हो।

विज्ञप्तिअनुसार निक्षेपकर्ताको ब्याज भुक्तानीबाट काटिएको कर (TDS) को विवरण आयकर प्रणालीको ‘अनुसूची १०’ मा प्रविष्ट गर्न र कर चुक्ता प्रमाणपत्र सहजै प्राप्त गर्न प्यान अनिवार्य छ।

प्यान अद्यावधिक नभएको अवस्थामा ई-टिडीएसमा ब्याज कर दाखिला नहुने र त्यसपछि हुने कर समायोजनको प्रक्रियामा बैंक जिम्मेवार नहुने स्पष्ट पारिएको छ।

बैंकको पोर्टल (panupdate.nicasiabank.com), मोबाइल बैंकिङ्ग एपको ‘PAN Update’ विकल्प वा नजिकैको शाखा कार्यालयमार्फत आफ्नो प्यान अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको छ।

त्यसैगरी, इमेल ठेगाना अद्यावधिक गर्न बैंकको भिडियो केवाईसी, मोबाइल बैंकिङ्गको ‘My Profile’ मा रहेको ‘Change Email Option’ वा शाखा कार्यालयको सहयोग लिन सकिने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं सूचना अधिकारी जयन्द्र रावलले जानकारी दिएका छन्।

prabhu mahalaxmi
kumari