stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

सिद्धार्थ बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालू आर्थिक वर्षको ६ महिनामा लोभलाग्दो प्रगति गर्न सफल भएको छ। बैंकले आजै सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको नाफा र प्रतिशेयर आम्दानीमा उछाल देखिएको हो।

बैंकले चालू आवको पुस मसान्तसम्म १ अर्ब ३२ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ जुन बैंकले गत आवको पुस मसान्तसम्म कमाएको ५३ करोड २ लाख रुपैयाँको तुलनामा १५०.२० प्रतिशतको वृद्धि हो।

समीक्षा अवधिमा बैंकको आम्दानीमा पनि वृद्धि भएको वित्तीय विवरणले देखाएको छ। बैंकले गत आवको पुस मसान्तसम्म ४ अर्ब ११ करोड ६० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालू आवको पुस मसान्तसम्म बढेर ४ अर्ब ३२ करोड ८० लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी पनि ५ अर्ब २७ करोड ३३ लाख रुपैयाँबाट बढेर ५ अर्ब ९७ करोड ३३ लाख रुपैयाँ पुगेको छ। आम्दानीमा वृद्धि भएसँगै बैंकको सञ्चालन नाफा पनि ७५ करोड ५४ लाख रुपैयाँबाट वृद्धि भई १ अर्ब ९६ करोड ८४ लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि ७.१९ रुपैयाँबाट बढेर १७.९८ रुपैयाँ कायम भएको छ। बैंकको खराब कर्जा ४.५० प्रतिशतबाट घटेर ३.४५ प्रतिशतमा झरेको छ। बैंकको प्रतिशेयर नेटवर्थ २११.२३ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २१.४५ रहेको छ।

चुक्ता पूँजी १४ अर्ब ७९ करोड ४४ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ५८ करोड ४५ लाख रुपैयाँ र रिजर्भ कोषमा १५ अर्ब ८७ करोड ९ लाख रुपैयाँ रहेको छ। बैंकले २ खर्ब २५ अर्ब ६१ करोड ३१ लाख रुपैयाँ कर्जा प्रवाह गरी २ खर्ब ९० अर्ब ४७ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।

prabhu mahalaxmi
kumari