stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सिद्धार्थ बैंकको कामु सीईओमा बस्याल नियुक्त

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन्। बैंकका सीईओ रहेका सुन्दर प्रसाद कँडेलको ४ वर्षे कार्यकाल मंसिर २६ गतेबाट समाप्त हुँदैछ।

सीईओको पदावधि सकिन लागेकाले बैंकको मंसिर १६ गत बसेको सञ्चालक समितिको बैठकले हाल बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बस्याललाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

बस्याललाई मंसिर २७ गतेदेखि लागू हुने गरी कामु सीईओ पदमा नियुक्त गरिएको कम्पनी सचिव लक्ष्मण घिमिरेले जानकारी दिएका छन्।

prabhu mahalaxmi
kumari