stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

नेपाल राष्ट्र बैंकले १ हजार रूपैयाँ दरका नोट छाप्न चिनियाँ कम्पनीसँग सम्झौता

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ हजार रूपैयाँ दरका नोट छाप्न चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशनसँग करार गरेको छ। यो कम्पनीले १ हजार दरका ४३ करोड थान नयाँ बैंक नोट डिजाइन, छपाइ तथा आपूर्ति गर्नेछ।

राष्ट्र बैंकले नोट छाप्ने ठेक्का लगाउन गत भदौ १० गते वैश्विकरूपमा बोलपत्र आह्वान गरेको थियो। बोलपत्रमार्फत प्राप्त भएकोमध्ये सबैभन्दा थोरै मूल्य प्रस्ताव गरेकाले कर्पोरेशनलाइ बैंकले छनौट गरेको हो।

राष्ट्र बैंकका अनुसार सार्वजनिक खरिद (चौधौँं संशोधन, २०८२) नियमावली, २०६४ को दफा १३७ तथा नोट छपाई तथा सिक्का टकमरी सम्बन्धी निर्देशिका, २०६५ (दोस्रो संशोधन २०८१ मिलाइएको रुपमा) को प्रावधान अन्तर्गत रहेर बिहीबार कम्पनीसँग करार सम्झौता पत्र आदान प्रदान गरिएको छ।

यो कामका लागि प्रति नोट राष्ट्र बैंकले ०.०३९५ अमेरिकी डलर (हालको विनिमय दर अनुसार रू ५.५३) मुद्रण तथा आपूर्ती खर्च दिनुपर्नेछ। राष्ट्र बैंकले कुल १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलर (हालको विनिमय दर अनुसार २ अर्ब ४२ करोड ६७ लाख ६१ हजार रूपैयाँ) भुक्तानी गर्ने सहमति भएको छ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long