कामना सेवाको अल्फा ग्रो बचत खातासँगै जीवन बीमा
काठमाडौं । कामना सेवा विकास बैंकले १९ औँ वार्षिकोत्सवका अवसरमा बालबालिका लक्षित “अल्फा ग्रो वचत खाता” सञ्चालनमा ल्याएको छ। १८ वर्ष भन्दा मुनीको बालबालिकाको लागि ल्याइएको यो खाता खोलेपछि बैंकले आकर्षक खुत्रुके समेत दिनेछ ।
यो खातामा बचत निक्षेप रु १ लाख पुगेपछि बैंकले प्रस्तावकको १५ वर्षे अवधिको लागि रु ५० हजार बीमाङ्कको जीवन बीमा आफैंले गरिदिन्छ। बैंकले नै बीमा शुल्क समेत तिरिदिने छ । बैंकले सूर्य ज्योती जीवन बीमा कम्पनीसँगको सहकार्यमा बीमा योजनाको सुविधा बैंक खातासँगै समावेश गरेको हो।
यस बाहेक यो डोर स्टेप बैंकिङ सर्भिस (घर दैलो बैंकिङ सेवा) समेतको वचत खाता हो । बैंकसम्म जान कठिनाई हुने ग्राहकको घरदैलोमै गएर खाता खोल्ने सुविधा बैंकले दिएको छ।
यो सेवा कामना सेवा विकास बैंकको मोवाईल वैंकिङ एप मार्फत् अनुरोध गर्न सकिन्छ । खाता खोली सकेपछि चेक बुक आवश्यकता परेको अवस्थामा पनि बैंकले घरदैलोमै चेक बुक समेत सुपुर्दगी गरिदिने सुविधा समेत छ ।
बचतसँगै जीवन बीमा सुविधा पनि हुने भएकाले बचत गर्ने बानीको विकास गर्न प्रेरणा मिल्ने बैंकको विश्वास छ। बैंकमा भएको खातामा नगद जम्मा वापत ब्याज आम्दानी हुने र स सानो रकम नियमित बचत गर्ने बानी बसाल्नका लागि आकर्षक खुत्रुकेले पनि बालबालिकालाई प्रेरित गर्ने बैंकको भनाई छ।























