citizens life insurance long ad
stcnepal long ad

बाढी प्रभावित क्षेत्रबाट आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार थालियो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकहरूको आज बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार थालिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले प्रभावित क्षेत्रका घाइतेहरूको उद्धार गरी सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा उपचार गर्ने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिएका छन्।

उनका अनुसार गम्भीर घाइते भएकाहरूलाई भने तत्काल उद्धार गरी थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी गरिएको छ। घाइतेहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी प्राथमिकीकरण गरी उद्धार तथा उपचारको कामलाई अघि बढाइनेछ।

यसैगरी, प्रभावित नागरिकहरूका लागि आवश्यक राहत सामग्रीहरू स्थलमार्ग हुँदै विदुरस्थित नेपाली सेनाको ब्यारेकतर्फ पठाउन पनि थालिएको गृह मन्त्रालयले जनाएको छ।

IME Life
kumari