stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

पहिलोपल्ट नबिल बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्कासन अनुमति

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालमा नै पहिलो पटक नबिल बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्कासनका लागि अनुमति प्रदान गरिएको छ। नेपाल धितोपत्र बोर्डले बैंकलाई उक्त शेयर निष्कासन गर्ने अनुमति दिएको हो।

बोर्डले ‘८ प्रतिशत नबिल अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्न अनुमति दिएको हो। बैंकले प्रति कित्ता एक सय रुपैयाँ दरका पाँच करोड कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको छ।

बैंकले उक्त शेयर निष्कासनको लागि यस अघि नै बिक्रि प्रबन्धकमा एनआईसी एसिया क्यापिटललाई नियुक्त गरिसकेको छ। बैंकले निष्कासन गरेको उक्त शेयर आम सर्वसाधारणले खरिद गर्न पाउने छैनन्।

यसैगरी धितोपत्र बोर्डबाट अनुमति पाएका संस्थाले पनि उक्त शेयरमा आवेदन दिन पाउने छैनन्। संस्थागत लगानीकर्ताले मात्रै उक्त शेयरमा आवेदन दिन पाउँछन् ।

prabhu mahalaxmi
kumari