stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा पौने ४ अर्ब लगानी गर्ने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा पौने ४ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ।

केन्द्रीय बैंकको उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ७६ करोड रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो।

यसका लागि मंसिर १८ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।

कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ३ अर्ब ८० लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ५६ करोड ४० लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा १८ करोड ८० लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ।

यो लगानी सन् २०२५ नोभेम्बर २७ देखि २०२६ नोभेम्बर २७ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

kumari bank
kumari
nawakantipur long