stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट छाप्नका लागि चिनियाँ कम्पनीसँग सम्झौता

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट छाप्नका लागि चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ ।

राष्ट्र बैंकले ४२ करोड थान नयाँ नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि बेइजिङको ‘चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन’सँग सम्झौता गरेको हो ।

राष्ट्र बैंकका अनुसार नोट छाप्नका लागि उक्त कम्पनीलाई बोलकबोल मार्फत छनोट गरिएको हो । सोमबार उक्त कम्पनीसँग करार सम्झौता समेत गरिएको छ ।

उक्त कम्पनीलाई नोटको डिजाइन तथा छपाइका लागि एक अर्ब ४७ करोड ७७ लाख रुपैयाँ भुक्तानी दिइने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long