stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

नेपाल राष्ट्र बैंकले रु १ हजार दरको नयाँ नोट छाप्ने ठेक्का जिम्मा पनि चिनियाँ कम्पनीलाई

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु १ हजार दरको नयाँ नोट छाप्ने ठेक्का पनि चिनियाँ कम्पनीलाई दिएको छ।

केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई रु १ दरको नयाँ नोट छाप्ने ठेक्का दिइएको जानकारी गराएको हो। यो कम्पनीले १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलरमा नोट छाप्ने ठेक्का पाएको छ।

राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दै रु १ हजार दरको नयाँ नोट छाप्न प्रस्ताव गर्न इच्छुक कम्पनीहरुलाई आग्रह गरेको थियो। अब यो चिनियाँ कम्पनीले रु १ हजार दरका ४३ करोड थान नयाँ नोट छाप्नेछ।

कम्पनीले नोट डिजाइन, छपाइ र आपूर्तिसम्मको काम गर्नुपर्नेछ। यसअघि सोही चिनियाँ कम्पनीले राष्ट्र बैंकबाट रु। ५० दरको नयाँ नोट छाप्ने ठेक्का पाएको थियो।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long