काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) गरिमा विकास बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकले शेयरधनीहरुलाई ६ प्रतिशत बोनस दिने भएपछि प्रतिशेयर मूल्य ३९३.४० कायम गरिएको छ ।
समायोजन अघि कम्पनीको शेयर मूल्य ४१७ रुपैयाँ रहेको थियो । समायोजन गरिएको मूल्यबाट भोलिदेखि कारोबारमा आउनेछ ।