stcnepal long ad
global ime bank long

डिजिटल भुक्तानीमा क्यूआर कोड प्रयोग गर्दा सावधानी अपनाउन राष्ट्र बैंकको सुझाव

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

डिजिटल भुक्तानीमा क्यूआर कोड प्रयोग गर्दा सावधानी अपनाउन राष्ट्र बैंकको सुझावकाठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटलमा क्यूआर कोड प्रयोग गर्दा सावधानी अपनाउन सुझाव दिएको छ।

केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि आज एउटा सूचना जारी गर्दै यस्तो सुझाव दिएको हो। ‘पैसा पठाउन क्यूआर कोड स्क्यान गर्नुपर्छ’, सूचनामा भनिएको छ, ‘तर, पैसा प्राप्त गर्न क्यूआर कोड स्क्यान गर्नुपर्दैन।’

राष्ट्र बैंकका अनुसार पैसा प्राप्त गर्न भुक्तानी गरिदिने व्यक्तिलाई आफ्नो क्यूआर कोड दिनुपर्छ। ‘कसैले क्यूआर कोड पठाएर पैसा पठाउँदैछु स्क्यान गर्नुहोस् भन्यो भने त्यस्तो नगर्नुहोला’, सूचनामा भनिएको छ, ‘यो एक किसिमको वित्तीय ठगीको तरिका पनि हुन सक्छ।’ सजग बनी डिजिटल कारोबारलाई सुरक्षित बनाउन राष्ट्र बैंकले सुझाव दिएको छ।

IME Lifesidebar
kumari