stcnepal long ad
global ime bank long

आज सानिमा बैंकको २१ औँ वार्षिक साधारण सभा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आज सानिमा बैंकको २१ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। साधारण सभाले गत आर्थिक वर्ष २०८१/८२ प्रस्तावित नगद लाभांश पारित गर्नेछ। जसअनुसार बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ७.३६८५ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्नेछ।

साधारणले १०० रुपैयाँ अंकित दरका कुल २ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ। यो अग्राधिकार शेयरको वार्षिक प्रतिफल ८.२५ प्रतिशत रहेको छ।

यसैगरी साधारण सभाले बैंकको अधिकृत पुँजी २० अर्बलाई बढाएर २२ अर्ब रुपैयाँ पुर्‍याउने प्रस्ताव पनि पारित गर्नेछ। सोही बमोजिम नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव सिभाले अनुमोदन गर्नेछ।

साधारण सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव साधारण सभाले पारित गर्नेछ।

साधारण सभाले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको पनि निर्वाचन गर्नेछ। साधारण सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ।

IME Lifesidebar
kumari