stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा सवा १ अर्ब रुपैयाँ बढी लगानी गर्दै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा सवा १ अर्ब रुपैयाँ बढी लगानी गर्ने भएको छ।

केन्द्रीय बैंकको उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब ३० करोड रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो।

यसका लागि भदौ ३० गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।

कुल रकम मध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा १ अर्ब ४ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा १९ करोड ५० लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ६ करोड ५० लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ।

यो लगानी २०८२ असोज ५ गतेदेखि २०८३ असोज ५ गतेसम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

prabhu mahalaxmi
kumari