stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सानिमा बैंकका ग्राहकलाई चिरायु नेशनल अस्पतालमा छुटको सुविधा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा बैंक लिमिटेडले ग्राहकलाई डिजिटल भुक्तानी प्रयोगमा प्रोत्साहित गर्न चिरायु नेशनल अस्पतालमा छुटको व्यवस्था गरेको छ ।

उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ (क्युआर स्क्यान मार्फत) प्रयोग गरी भुक्तानी गर्दा अस्पतालको वेड र डायग्नोस्टिक शुल्क तथा फार्मेसी बिलमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले यसअघि पनि विभिन्न अफर तथा छुट मार्फत ग्राहकलाई डिजिटल भुक्तानीतर्फ आकर्षित गर्दै आएको छ ।

छुट सम्बन्धी विस्तृत विवरण बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध छ । सानिमा बैंकले हाल देशका सातै प्रदेशमा १३४ शाखा कार्यालय तथा १२७ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

prabhu mahalaxmi
kumari