stcnepal long ad
ime life insurance
global ime bank long

आजदेखि नबिल बैंकको ऋणपत्रमा आवेदन दिन सकिने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नबिल बैंकले आज साउन ६ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले नबिल बैंकलाई १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ भएको ‘नबिल डिबेन्चर–२०८९’ जारी गर्न अनुमति दिएको छ।

बैंकले कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १२ लाख इकाइको सार्वजनिक निष्कासन गर्न लागेको हो।

सर्वसाधारणका लागि छुट्याइएको कुल इकाइमध्ये ५ प्रतिशतले ६० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ । बाँकी इकाइमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले यो ऋणपत्रमा धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखासँगै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा १२ लाख इकाइका लागि आवेदन दिन सक्नेछन्।

यो ऋणपत्रको निष्कासन बन्द छिटोमा साउन ९ गते हुनेछ। सो अवधिभित्र पर्याप्त आवेदन नपरेको खण्डमा निष्कासन मिति साउन २० गतेसम्म लम्बिन सक्छ।

नबिलको यो ८ वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ता वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्। नबिल बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

prabhu mahalaxmi
kumari