stcnepal long ad
himalayan life insurance long ad

नबिल बैंकको नाममा अनलाइन ठगी प्रयास, ग्राहकलाई सचेत रहन आग्रह

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नबिल बैंकले आफ्नो नाममा खोलिएका नक्कली सामाजिक सञ्जाल तथा वेबसाइटमार्फत भ्रामक सूचना फैलाएर ठगीगर्ने प्रयास भइरहेको भन्दै आफ्ना ग्राहकलाई सचेत रहन आग्रह गरेको छ ।

शनिबार एक सूचना जारी गर्दै बैंकले पुरस्कार तथा अन्य आर्थिक लाभको प्रलोभन देखाएर गरिने ठगी (स्क्यामर फिसिङ) बाट बच्न ध्यानाकर्षण गराएको हो ।

बैंकका अनुसार, हाल केही सामाजिक सञ्जाल तथा नक्कली वेबसाइटहरूले बैंकको नाम दुरुपयोग गरी पुरस्कार परेको जस्ता झुटा र भ्रामक सूचना प्रचार गरिरहेको पाइएको छ । यस्ता सूचना ठगी वा फिसिङको उद्देश्यले तयार पारिएको हुन सक्ने भन्दै बैंकले ग्राहकलाई त्यस्ता वेबसाइट वा सूचनामा विश्वास नगर्न आग्रह गरेको हो ।

कुनै पनि जानकारीको आधिकारिकता पुष्टि गर्नका लागि बैंकको आधिकारिक वेबसाइटहरू nabilbank.com र nbank.nabilbank.com मा मात्र विश्वास गर्न बैंकले अनुरोध गरेको छ ।

यस्ता कुनै पनि शङ्कास्पद सूचना वा जानकारी प्राप्त भएमा तुरुन्तै बैंकको ग्राहक सेवा केन्द्रको फोन नम्बर ०१–५९७००१५ वा ईमेल [email protected]मा सम्पर्क गरेर सत्यतथ्य बुझ्न पनि बैंकले सुझाएको छ ।

बैंकले कुनै पनि अपरिचित वा नक्कली वेबसाइटमा विश्वास नगर्न र आफ्ना व्यक्तिगत तथा बैंकिङ विवरण कसैसँग पनि साझा नगर्न आग्रह गरेको छ । पछिल्लो समय वित्तीय क्षेत्रमा अनलाइन प्रविधिको प्रयोग बढेसँगै यसको दुरुपयोग गरी ठगी गर्ने घटना पनि बढ्दै गएका छन् ।