स्मार्ट च्वाईस टेक्नोलोजिज र सांग्रिला डेभलपमेन्ट बैंक बिच SCT-UPI कार्ड जारी गर्नका लागि सम्झौता

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड र नेपाल राष्ट्र बैंकको ‘ख’ वर्गको इजाजतपत्र प्राप्त विकास बैंक सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबिच क्ऋत्(ग्एक्ष् कार्ड जारी गर्नका लागि सम्झौता सम्पन्न भएको छ ।
असार १२, २०८२ मा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको कार्यलयमा आयोजित कार्यक्रममा स्मार्ट च्वाईस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले सम्झौता पत्र आदानप्रदान गर्नुभएको छ ।
यस सम्झौता पश्चात सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले आउने दिनहरूमा सजिलै बैंकबाट आफ्नो लागि SCT-UPI कार्ड लिन सक्ने छन् ।
एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत SCT-UPI कार्ड जारी गर्दै आइरहेको छ । SCT ले आफ्नै कार्ड स्विचिंग संरचना स्मार्ट स्विच मार्फत SCT-UPI कार्ड र VISA कार्ड जारी गर्ने तथा UnionPay, VISA, RuPay, + MasterCard तथा Discover कार्ड स्वीकार गरि कार्ड मार्फत हुने कारोबारको सेवा प्रदान गर्दै आएको छ ।
विगत दुई दशक देखि नेपाल भरि सुरक्षित सरल र भरपर्दो भुक्तानी सेवा दिदैं आएको SCT नेपालकै पहिलो डोमेसटिक कार्ड स्किम हो । SCT ले कार्ड सेवाका अतिरिक्त विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई Smart QR, Smart Pay – IBFT (अन्तर बैंक भुक्तानी सेवा), Smart Banking मोबाइल बैंकिङ्ग लगायतका सेवा समेत प्रदान गर्दै आइरहेको छ ।