stcnepal long ad
ime life insurance
global ime bank long

कुमारी बैंकले एक भन्दा बढी खाता तथा कार्ड भएका ग्राहकको खाता बन्द गर्दै

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । कुमारी बैंकले एउटै व्यक्तिका एक भन्दा बढी खाता बन्द गर्ने भएको छ । बैंकले एउटै प्रकृतिको एक भन्दा बढी खाता तथा कार्ड (डेबिट/क्रेडिट) रहेका ग्राहकको खाता बन्द गर्ने भएको हो ।

बैंक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको एक भन्दा बढी खाता (नेपाल राष्ट्र बैंकले तोके बाहेक) खोल्न नपाइने राष्ट्र बैंकले व्यवस्था गरेको छ ।

सोही बमोजिम कुमारी बैंकले स्वदेशी मुद्रामा एउटै प्रकृतिको एक भन्दा बढी खाता खोली वा एउटै प्रकारको एक भन्दा बढी कार्ड (डेबिट/क्रेडिट) प्राप्त गरी कारोबार गरिरहेका ग्राहकलाई असार २३ गते भित्र पायक पर्ने नजिकको शाखामा सम्पर्क गरी खाता तथा कार्ड बन्द गर्न अनुरोध गरेको छ ।

सो समय पश्चात् त्यस्ता खाताहरुमध्ये एक खाता मात्र रहने गरी बाँकी खाताहरू बैंकको नियमानुसार बन्द गरिने बैंकले जनाएको छ ।  यसबाट ग्राहकमा पर्ने असुविधा प्रति बैंक जिम्मेवार नरहने बताएको छ ।

prabhu mahalaxmi
kumari