stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

असारको बैंकले ब्याजदर तोके, कसको कति ?

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । वाणिज्य बैंकहरुले असार महिनामा लागू हुने ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरुले गत जेठ ३१ नै सूचना प्रकाशित गर्दै २०८२ असार महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन्।

प्राप्त सूचना अनुसार २० वटा वाणिज्य बैंकमध्ये १४ वटा बैंकहरूले ब्याजदर व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेका छन् भने ५ वटाले घटाएका छन्। यस्तै राष्ट्रियस्तरका विकासमध्ये ६ वटाले ब्याजदर स्थिर राखेका छन् भने एउटा घटाएको छ।

असार महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाउने बैंकहरूमा कुमारी बैंक लि, प्रभु बैंक लि, एभरेष्ट बैंक लि, एनएमबि बैंक लि. र एनआईसी एसिया बैंक लि. छन्।

असार महिनाका लागि ब्याजदर घटाएर कुमारी बैंकले ५.७१ प्रतिशत, प्रभु बैंकले ६.१० प्रतिशत, एभरेष्ट बैंकले ६.५५ प्रतिशत, एनएमबि बैंकले ६ प्रतिशत र एनआईसी एसिया बैंकले ६.५५ प्रतिशत कायम गरेका छन्।

गत जेठ महिनामा कुमारी बैंकले ५.९१ प्रतिशत, प्रभु बैंकले ६.६१ प्रतिशत, एभरेष्ट बैंकले ६.६४ प्रतिशत, एनएमबि बैंकले ६.६ प्रतिशत र एनआईसी एसिया बैंकले ६.६ प्रतिशत ब्याज दिएका थिए।

यसैगरी असार महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर स्थिर राख्नेमा राष्ट्रिय वाणिज्य बैंक लि, सानिमा बैंक लि, प्राइम कमर्सियल बैंक लि, नेपाल एसबीआई बैंक लि, नेपाल बैंक लि, सिजिटन्स बैंक इन्टरनेशनल लि, स्ट्यान्डर्ड चार्टर्ड बैंक लि, नबिल बैंक लि, सिद्धार्थ बैंक लि, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि, हिमालयन बैंक लि, लक्ष्मी सनराइज बैंक लि, माछापुच्छ्रे बैंक लि र ग्लोबल आइएमई बैंक लि रहेका छन्।

गत जेठ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा राष्ट्रिय वाणिज्य बैंकले ६ प्रतिशत, सानिमा बैंकले ६.३३ प्रतिशत, प्राइम कमर्सियल बैंकले ६.२५ प्रतिशत, नेपाल एसबीआई बैंकले ५.५० प्रतिशत, नेपाल बैंकले ५.४५ प्रतिशत, सिजिटन्स बैंक इन्टरनेशनलले ५.६५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६.२५ प्रतिशत, नबिल बैंकले ५.७५ प्रतिशत, सिद्धार्थ बैंकले ५.७५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५.५० प्रतिशत, हिमालयन बैंकले ५.५० प्रतिशत, लक्ष्मी सनराइज बैंकले ५.७५ प्रतिशत, माछापुच्छ्रे बैंकले ६ प्रतिशत र ग्लोबल आइएमई बैंकले ६ प्रतिशत अधिकतम ब्याज दिएका थिए। अब यही ब्याजदर यी बैंकले असार महिनाका लागि निर्धारण गरेका छन्।

राष्ट्रियस्तरका विकास बैंक

यता राष्ट्रियस्तरका कामना सेवा विकास बैंक, ज्योति विकास बैंक, गरिमा विकास बैंक, लुम्बिनी, मुक्तिनाथ विकास बैंकले जेठ महिनाकै व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ६.५० प्रतिशतलाई असार महिनाका लागि पनि निरन्तरता दिएका छन्।

सांग्रिला विकास बैंकले भने जेठ महिनाको ब्याजदर ६.२५ प्रतिशतलाई घटाएर असारमा ६.१६ प्रतिशत कायम गरेको छ भने महालक्ष्मी विकास बैंकले ६ प्रतिशतबाट बढाएर ६.१५ प्रतिशत कायम गरेको जनाएको छ। नरोत्तम सुवेदीबाट

prabhu mahalaxmi
kumari