कुमारी बैंकको ५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले जोकोही सर्वसाधारणले खरिद गर्न पाउने गरी ५ लाख ६ हजार ९७२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
शेयर खरिद गर्न इच्छुक खरिदकर्ताले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल, नक्साल वा कुमारी बैंकको प्रधान कार्यालय टंगालमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ । शेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने बताइएको छ ।