stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

हिमालयन बैंकले साढे ९२ लाख कित्ता एफपीओ ल्याउने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन बैंकले एफपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै एफपीओ निष्कासनको अनुमति मागेको हो।

धितोपत्र बोर्डले अनुमति दिएमा हिमालयन बैंकले १ अर्ब ५६ करोड ३३ लाख २९ हजार २६१ रुपैयाँबराबरको एफपीओ जारी गर्नेछ।

जसअनुसार बैंकले १०० रुपैयाँ अंकित मूल्यमा ६९ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १६९ रुपैयाँमा एफपीओ बिक्री खुला गर्नेछ।

बैंकले कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ ल्याउन धितोपत्र बोर्डसँग अनुमति मागेको छ। हिमालयन बैंकको एफपीओ बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।

prabhu mahalaxmi
kumari