stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

राष्ट्र बैंकमा कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले दुई रिक्त कार्यकारी निर्देशक पदमा बढुवा गरि चार जना कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेका छन्। राष्ट्र बैंकमा कार्यकारी निर्देशक प्रकाश श्रेष्ठ र तुलसी घिमिरे गत जेठ १० गतेदेखि अनिवार्य अवकास भएका थिए।

अवकास भएका कार्यकारी निर्देशक श्रेष्ठको ठाउँमा निर्देशक डा. डिल्लीराम पोखरेल र घिमिरेको ठाउँमा निर्देशक दिर्घराज रावलको बढुवा भएको छ। बढुवा भएका कार्यकारी निर्देशक डा. पोखरेललाई बैंकिङ विभाग र रावललाई बैंक सुपरिवेक्षण विभागको प्रमुखको जिम्मेवारी दिइएको छ।

बैंक सुपरिवेक्षण विभाग जस्तो महत्वपूर्ण विभाग सिनियर कार्यकारी निर्देशकलाई दिनुपर्नेमा भर्खरैमात्र बढुवा भएका कार्यकारी निर्देशक रावलले पाएका छन। रावल यसअघि मुद्रा व्यवस्थापन विभागको निर्देशक थिए। यी दुबै कार्यकारी निर्देशकहरूले हिजो जेठ २० गतेबाट नै जिम्मेवारी सम्हालेका छन।

यसै गरि राष्ट्र बैंकले थप अन्य दुई विभागका कार्यकारी निर्देशकहरूको पनि विभागिय जिम्मेवारी हेरफेर गरेको छ। सुपरिवेक्षण विभाग प्रमुख रहेका राष्ट्र बैंकका प्रवक्ता रामु पौडेललाई गभर्नर डा।पौडेलले मुद्रा व्यवस्थापन विभाग प्रमुख बनाएका छन्।

मुद्रा व्यवस्थापन विभाग प्रमुख रहेका कार्यकारी निर्देशक प्रदीपराज पौडेललाई सूचना तथा प्रविधि विभागको प्रमुख बनाएका छन।

यसअघि गभर्नर पौडेलले आर्थिक अनुसन्धान विभाग, मानव संशाधन व्यवस्थापन विभाग, बैंकिङ विभाग र गभर्नर कार्यालयमा कार्यकारी निर्देशक परिवर्तन गरेका थिए । अनुसन्धान विभागमा रहेका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर कार्यालयमा सरूवा गरि ल्याइएको थियो ।

मानव संशाधन व्यवस्थापन विभागका कार्यकारी निर्देशक डा. रामशरण खरेललाई आर्थिक अनुसन्धान विभागको प्रमुख बनाइएको थियो ।

यस्तै, बैंकिङ विभागको कार्यकारी निर्देशक रहेका विश्रुत थापालाई मानव संशाधन व्यवस्थापन विभागको जिम्मेवारी दिइएको थियो ।

prabhu mahalaxmi
kumari