stcnepal long ad
ime life insurance
national life
global ime bank long

कामना सेवा विकास बैंकद्वारा अन्तर बैंक टेलर क्यूआर सञ्चालनमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गदैं अन्तर बैंक टेलर क्यूआर सञ्चालनमा ल्याएको छ ।

यो सेवा सञ्चालनमा आए सँगै अब अन्य बैंक तथा वित्तीय संस्थाको मोबाईल बैंकिङ एप प्रयोग गरि कामना सेवा विकास बैंकको नगद काउण्टरबाट रकम झिक्न सकिने छ । बैंकले आफ्नो स्मार्ट टेलर क्युआर प्रयोग गरि अन्य बैंकहरुको खाताको रकम झिक्न सकिने व्यवस्था मिलाईएको जनाएको छ ।

कुनै एउटा बैंकमा रहेको खाताबाट रकम झिक्न सोही बैंकमा नै जानुपर्ने बाध्यतालाई यो सुविधाले हटाएको छ । बैंकले प्रविधिको विकासलाई आत्मसात गर्दै ग्राहकहरूको समय, सुविधा र सुरक्षालाई प्राथमिकता दिँदै बैंकिङ्ग प्रक्रियालाई अझ सरल, सहज र द्रुत बनाएको छ ।

IME Lifesidebar
kumari