नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ लाख २३ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका विभिन्न संस्थापक सेयरधनीहहरूले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेका हुन् ।
बैंकका अनुसार विभिन्न संस्थापक सेयरधनीहरूरूले आफ्नो नाममा रहेको २ लाख २३ हजार २९९ कित्ता सेयर बिक्रीमा राखेका हुन् । बैंकको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् ।
खरिद गर्न इच्छुक संस्थापक सेयरधनीेले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिभित्र आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।