sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

नेपाल राष्ट्र बैङ्कको गर्भनरमा अर्थविद् प्रा.डा. विश्व पौडेल नियुक्त

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सरकारले नेपाल राष्ट्र बैङकको १८ ‌औँ गर्भनरमा अर्थविद् प्रा.डा. विश्व पौडेललाइ नियुक्त गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले डा पौडेललाइ गर्भनरमा नियुक्त गरेको हो ।

गत चैत २४ देखि रिक्त गर्भनर पदमा गर्भनर सिफारिस समितिको बैठकले तीन जनाको नाम सिफारिस गरेको थियो ।

प्रा।डा। विश्वनाथ पौडेल नेपाल राष्ट्र बैङकको १८ औँ गभर्नर बन्नु भएको छ । गत चैत २४ गतेदेखि रिक्त रहेको गर्भनर पदमा सरकारले चितवनका अर्थविद् डा. पौडेललाइ नियुक्त गरेको हो । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले उहाँलाइ गर्भनरमा नियुक्त गर्ने निर्णय गरेको हो ।

अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधी गर्नुभएका पौडेल काठमाडौं विश्वविद्यालयको ‘स्कुल अफ म्यानेजमेन्ट’का प्रोफेसर समेत हुनुहुन्छ । नवनियुक्त गर्भनर पौडैल यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत भइसक्नुभएको छ ।

उहाँसँग अर्थ मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव समेत रहेको छ ।

नवनियुक्त गर्भनर डा पौडेल २०७९ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भई चितवन क्षेत्र नम्बर १ मा चुनाव लडेर पराजित समेत हुनुभएको थियो । यसअघि गभर्नर सिफारिस समितिको सदस्य रहनुभएका पौडेलले पदबाट राजीनामा दिनुभएको थियो ।

नेपाल राष्ट्र बैंकको ऐनअनुसार गभर्नरको कार्यकाल सकिनुभन्दा एक महिनाअघि नै गभर्नर सिफारिस हुनुपर्ने हो । तर राजनितिक दलबीच गृहकार्यमा समय खर्चिदा गर्भनर नियुक्तिमा पनि ढिलाइ भइरहेको थियो ।

गर्भनर नियक्तु चाँडै गर्नुपर्ने दबाबका बीच प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार भएको भेटवार्ताका क्रममा पौडेलको नाममा सहमति जुटेको थियो ।

यसअघि बसेको गभर्नर सिफारिस समितिको बैठकले गर्भनरमा तीन जनाको नाम सिफारिस गरेको थियो । जसमा प्रा.डा. विश्व पौडेल, नेपाल राष्ट्र वैकका कामु गभर्नर निलम ढुंगाना तिम्सिना र पूर्व सचिव दिनेश भट्टराईको नाम सिफारिस भएको थियो ।

prabhu bank
nawakantipur long