sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

गरिमा विकास बैंकको स्याङ्जामा दुई नयाँ शाखा सञ्चालनमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले बुधबारका दिन स्याङ्जा जिल्लाको बिरुवा र अर्जुनचौपारीमा २ नयाँ शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ ।

बिरुवा शाखाको उद्घाटन बिरुवा गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुँवर र बैंकका अध्यक्ष दिलीप प्रताप खाँडले संयुक्त रूपमा गरेका हुन् ।

त्यसैगरी, अर्जुनचौपारी शाखाको उद्घाटन अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष सपना गुरुङ र अध्यक्ष खाँडले संयुक्त रूपमा गरेका हुन् ।

उद्घाटन कार्यक्रमहरूमा गाउँपालिका प्रतिनिधिहरू, उद्योग वाणिज्य संघका प्रतिनिधिहरू, स्थानीय व्यापारी, बुद्धिजीवी लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।

gold
prabhu bank
nawakantipur long