stcnepal long ad
nabil bank
macchha(MBL)

नेपाल राष्ट्र बैङ्कले तीन अर्ब चौरासी करोड रुपियाँ लगानी गर्दै 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा तीन अर्ब ८४ करोड ३८ लाख रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको सो रकम वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरूमा तीन अर्ब सात करोड ५२ लाख रुपियाँ, विकास बैङ्कहरूमा ५७ करोड ६५ लाख रुपियाँ र फाइनान्स कम्पनीहरूमा १९ करोड २१ लाख रुपियाँ गरी तीन अर्ब ८४ करोड ३८ लाख रुपियाँ मुद्दती निक्षेपमा राख्न लागेको हो ।

राष्ट्र बैङ्कले उक्त निक्षेप आगामी मे १७ देखि २०२६ मे १७ सम्म ३६६ दिन अवधिका लागि राख्न लागेको हो । मुद्दती निक्षेप लिन राख्न चाहने बैङ्क तथा वित्तीय संस्थाले आगामी मङ्गलबार बेलुका १२ बजेभित्र तोकिएको  इमेल ठेगानामा ब्याजदर प्रस्ताव गरिसक्नुपर्ने राष्ट्र बैङ्कले जारी गरेको सूचनामा उल्लेख छ ।

निक्षेप रकम राख्न राष्ट्र बैङ्कले केही सर्तसमेत राखेको छ । जसमा संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुनुपर्ने, न्यूनतम पुँजी कोष कायम गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्नेलगायत सर्त रहेका छन् ।

prabhu mahalaxmi
kumari