sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

लक्ष्मी सनराइज बैंकको नाफा २.२४ प्रतिशतले बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ६५ करोड २१ लख ६३ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको

२.२४ प्रतिशतले धेरै हो । गतआर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा १ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ रहेको थियो । बैैकको वितरणयोग्य नाफा ७७ करोड २७ लाख २० हजार रुपैयाँ छ ।

यो यसअवधिमा बैंकको खुद ब्याज आम्दानी ७.३१ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड ३५ लाख ७३ हजार रुपैयाँ रहेको छ । बैंकको इम्पेयरमेन्ट चार्ज ४ अर्बबाट घटेर ३ अर्ब १९ करोड रहेको छ ।

बैंकको सञ्चालन नाफा १३.३४ प्रतिशतले बढेर २ अर्ब ५२ करोड ९३ लाख रुपैयाँ पुगेको छ । चुक्ता पुँजी  २४ अर्ब ३४ करोड ६५ लाख  रुपैयाँ रहेको बैकको जगेडा कोषमा १७ अर्ब ७६ करोड रुपैयाँ छ ।

प्रतिसेयर आम्दानी ९ रुपैयाँ ०५ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ १६ पैसा छ । बैंकको खराब कर्जा ५.८६ प्रतिशत छ ।

gold
prabhu bank
nawakantipur long