stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कुमारी बैंकको आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार बैंकले चैत मसान्तसम्म २८ करोड ५८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ।

गत वर्ष यस अवधिसम्म बैंकले १ अर्ब ५ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेका थियो। गत वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष सोही अवधिसम्म बैंकको खुद नाफा ७२.८५ प्रतिशतले घटेको हो।

यस वर्ष बैंकको इम्पेयरमेन्ट चार्ज रकम गत वर्षभन्दा बढी भएको र सञ्चालन नाफा घटेकाले खुद नाफा समेत प्रभावित भएको हो। गत वर्ष ३ अर्ब ५४ करोडभन्दा बढी रहेकोमा चालू आवमा बढेर ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ।

त्यस्तै गत वर्ष बैंकको सञ्चालन नाफा २ अर्ब २६ करोड रुपैयाँभन्दा बढी रहेकोमा चालू आवमा घटेर ८५ करोड रुपैयाँमा सीमित भएको छ। बैंकको वितरणयोग्य नाफा गत वर्ष ४ अर्ब २० करोड ऋणात्मक रहेकोमा चालू आर्थिक वर्षमा साढे ६ अर्ब ऋणात्मक भएको छ।

हाल बैंकको चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ छ। बैंकको जगेडा कोषमा ५ अर्ब ४५ करोड ऋणात्मक र रिजर्भ कोषमा साढे १५ अर्बभन्दा बढी रुपैयाँ रहेको छ।

गत वर्ष बैंकको खराब कर्जा ४.९५ प्रतिशत रहेकोमा चालू आर्थिक वर्षमा बढेर ६.९८ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४५ पैसा र प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ४३ पैसा रहेको छ।

prabhu mahalaxmi
kumari