stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

एनआईसी एशिया बैंकको ‘नयाँ वर्षको नयाँ सुरुआत, जित्नुहोस् आइफोन १६’ योजना सार्वजनिक

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ वर्ष २०८२ को पावन अवसरमा मोबाइल बैंकिङ्ग सेवा प्रदायक एफवानसफ्टसँगको सहकार्यमा आफ्ना ग्राहक महानुभावहरुका लागि आकर्षक योजना सहितको ‘नयाँ वर्षको नयाँ सुरुआत, जित्नुहोस् आइफोन १६’ योजना घोषणा गरेको छ । यस योजनामा सहभागी हुने ग्राहक महानुभावहरुले आइफोन १६ जित्न सक्नुहुनेछ ।

यस योजनामा सहभागी हुनका लागि ग्राहक महानुभावहरुले यस बैंकको मोबाइल बैंकिङ्ग एप (मोबैंक) मार्फत रु. १०० वा सो भन्दा बढीको मोबाइल टपअप गर्नुपर्ने छ ।

योजना अवधि समाप्त भएपछि यस योजनामा सहभागी हुने ग्राहक महानुभावहरुमध्येबाट गोलाप्रथाद्वारा एक जना भाग्यशाली ग्राहक महानुभावलाई विजेता घोषणा गर्दै आइफोन १६ प्रदान गरिनेछ । यो योजना २०८२ वैशाख १ गतेदेखि २०८२ वैशाख ३१ गतेसम्म सञ्चालन हुनेछ ।

नयाँ वर्ष २०८२ ले यहाँहरुमा थप खुसी, उत्साह र उमंग थपोस् भन्ने कामनासहित यस योजनाले ग्राहक महानुभावहरुसँगको आत्मीय सम्बन्ध अझ बढी प्रगाढ, सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बनाउनेछ भन्ने विश्वास बैंकले लिएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari