sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

सानिमा बैंकका ग्राहकलाई भारतको प्रतिष्ठित एपोलो अस्पतालमा विशेष छुट

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा बैंकले ग्राहकहरूलाई भारतको प्रतिष्ठित एपोलो अस्पतालमा विशेष छुट प्रदान गर्न एच मेडिकल एण्ड डायग्नोस्टिकसँग सहकार्य गरेको छ ।

यस सम्झौता अन्तर्गत सानिमा भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले एपोलो अस्पतालमा डिजिटल भुक्तानी गर्दा अन्तिम बिलमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

छुट सुविधा चेन्नई, बैंगलोर, नवी मुम्बई, अहमदाबाद, र कोलकातामा रहेका एपोलो अस्पतालहरू सहित चेन्नईस्थित एपोलो क्यान्सर इन्स्टिच्युट, हैदराबादस्थित एपोलो हेल्थ सिटी, नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ एपोलो अस्पताल, र चेन्नईस्थित एपोलो प्रोटोन क्यान्सर सेन्टरमा उपलब्ध हुनेछ ।

यस छुट योजनाबाट लाभ उठाउन, ग्राहकहरूले अस्पताल जानु अघि सानिमा बैंक वा एच मेडिकल एण्ड डायग्नोस्टिकलाई जानकारी गराउनुपर्नेछ । बैंकले आफ्ना ग्राहकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज बनाउन तथा अन्तर्राष्ट्रिय स्तरका अस्पतालहरूमा उपचारको पहुँच वृद्धि गर्न यो सहकार्य गरेको जनाएको छ।

gold
nawakantipur long