stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

माछापुच्छ्रे बैंकले मनायो ग्लोबल मनि सप्ताह

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।माछापुच्छ्रे बैंकले वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रुपमा मनाउने ग्लोबल मनि विक भव्य रुपमा मनाएको छ ।

यस वर्ष मार्च १७ देखि २३ तारिखसम्म परेको विक अन्तर्गत बैंकले देशव्यापी रुपमा रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्याक्रमहरु आयोजना गरेको जनाएको छ ।

बैंकले देशका ७ वटै प्रदेशमा स्थानिय स्कुल, कलेजसंग समन्वय गरेर विभिन्न तहका विद्यार्थीहरुलाई लक्षित गर्दै अन्तरकृया कार्यक्रमहरुको आयोजना गरी विक मनाएको हो ।

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २७५ स्थानमा रहेका सेवा सञ्जाल तथा २०४ वटा एटीएमहरु मार्फत १६ लाख भन्दा बढि ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

prabhu mahalaxmi
kumari