गरिमा विकास बैंकको साढे ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । गरिमा विकास बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ४९ हजार ९८०.९५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । जसमा २ लाख ५१ हजार ९५२.११ कित्ता सेयरमा बैंकका संस्थापक सेयरधनी, अन्य जो कोही व्यक्ति वा संघ संस्थाले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुकले यसमा आज (चैत १ गते) बाट १५ दिन भित्र यस विकास बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई आवेदन दिनु पर्नेछ ।
यस्तै, बैंकले ९८ हजार २८.८४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुकले यसमा आज (चैत १ गते) बाट ३५ दिन भित्र यस विकास बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई आवेदन दिनु पर्नेछ ।
सो अवधिसम्म संस्थापकहरुबाट सेयर खरिद गर्न कुनै आवेदन नआए अन्य व्यक्ति वा संघसंस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।