stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

हिमालयन बैंकले क्रेडिट कार्डमा कर्जा लिएर ऋण नतिर्ने नाम सार्वजनिक

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन बैंकले क्रेडिट कार्डमा कर्जा लिएर ऋण नतिर्ने २५ जनाको नाम सार्वजनिक गरेको छ । बैंकको क्रेडिट कार्ड प्रयोग गरी साँवा र ब्याज नतिर्ने ऋणीहरूको नाम सार्वजनिक गरेको हो ।

बैंकले एक सूचना प्रकाशन गरी क्रेडिट कार्ड कर्जाका ऋणीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न अनुरोध गरेको छ । बैंकले उनीहरूलाई पटक–पटक लिखित तथा मौखिक ताकेता गरेर ऋण तिर्न आग्रह गरिरहेको छ ।

तर, क्रेडिट कार्ड होल्डरहरूले आग्रह नमानेपछि तीनपुस्ते विवरणसहित सार्वजनिक सूचना नै निकालेको बैंकले जनाएको छ ।

सम्पूर्ण साँवा, ब्याज, हर्जाना ब्याज तथा अन्य रकम ३५ दिनभित्र नबुझाएमा कानुन बमोजिम अघि बढ्ने बैंकको भनाइ छ । साथै ऋणीलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

kumari bank
kumari
nawakantipur long