stcnepal long ad
ime life insurance
national life
global ime bank long

कामना सेवा विकास बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । कामना सेवा विकास बैंकको ९७ हजार ७९३ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (फागुन २८ गते) अन्तिम दिन हो ।

आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् ।

संस्थापक सेयरको प्रतिकित्ता भाउ १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ ।

आवेदकले प्रभु क्यापिटल, कमलादी काठमाडौंमा पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्रमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धकले जानकारी गराएको छ ।

prabhu mahalaxmi
kumari