stcnepal long ad
ime life insurance
national life
global ime bank long

इसेवा र हिमालयन बैंकबिच विद्युतीय कारोबार सम्बन्धी साझेदारी

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र हिमालयन बैंकबिच विद्युतीय कारोबार सम्बन्धी साझेदारी भएको छ । यस साझेदारी पश्चात् अब इसेवा प्रयोगकर्ता तथा हिमालयन बैंकका ग्राहकहरूले सहजै विद्युतीय माध्यमबाट रकम ट्रान्सफर गर्न सक्ने जनाइएको छ ।

दुवै संस्थाका ग्राहकहरूलाई थप सेवा र पहुँच प्रदान गर्ने उद्देश्यले गत हप्ता एउटा औपचारिक कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिहरूले सम्झौता पत्रमा हस्ताक्षर गरी यस सेवाको प्रारम्भ गरेका हुन् ।

यस साझेदारी पश्चात् अब हिमालयन बैंकको ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरी सिधै इसेवा वालेटमा रकम लोड गर्न सक्नेछन् भने इसेवा प्रयोगकर्ताहरूले आफ्नो इसेवा वालेटमा भएको रकम हिमालयन बैंकको खातामा ट्रान्सफर गर्न सक्नेछन् ।

prabhu mahalaxmi
kumari