नेपाल बैंकको साधारण सभा चैत ६ गते
साधारण सभा प्रयोजनार्थ बैंकले फागुन २२ गते बुक क्लोज गर्ने

काठमाडौं । नेपाल बैंक लिमिटेडले चैत ६ गते साधारण सभा बोलाएको छ । बैंकले यो वर्ष पनि लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको हो ।
साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरण लगायतमा छलफल हुनेछ ।
साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।
साधारण सभा प्रयोजनार्थ बैंकले फागुन २२ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन २१ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
साधारण सभा नेपाल एपीएफ क्लब हकचोक, काठमाडौंमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ ।