फोनपेमार्फत बीमा प्रिमियम भुक्तानी गर्दा क्यासब्याक पाइने

काठमाडौं । फोनपे बिल्सले ग्राहकहरूलाई आफ्नो मोबाइल बैंकिङ एपमार्फत बीमा प्रीमियम सहज रूपमा तिर्न प्रोत्साहित गर्न र १०० प्रतिशत क्यासब्याक जित्ने अवसर प्रदान गर्न अभियान सुरु गरेको छ ।
यस अभियान अन्तर्गत तीन जना भाग्यशाली विजेताले आफ्नो बीमा प्रीमियम तिर्दा १०० प्रतिशत क्यासब्याक वा १५,००० सम्म प्राप्त गर्ने छन्।
यो अभियान माघ ३० गतेसम्म चल्नेछ । जसले ग्राहकहरूलाई बीमा प्रीमियम तिर्ने सहज र पुरस्कृत तरिका प्रदान गर्दछ। सहभागी हुनको लागि, ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपमार्फत फोनपे बिल्सको माध्यमले बीमा प्रीमियम तिर्नु पर्छ ।
सफल भुक्तानी पछि, उनीहरू स्वतः लकी ड्राको लागि योग्य हुनेछन् र १०० प्रतिशत क्यासब्याक पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन्।
यसमा सहभागी हुनका लागि आफ्नो मोबाइल बैंकिङ एप खोल्नुहोस् , “फोनपे बिल्स” वा “अनलाइन भुक्तानी” सेक्सनमा जानुहोस् , उपलब्ध भुक्तानी श्रेणीहरूमध्ये “बीमा” विकल्प छान्नुहोस् , आफ्नो पोलिसी नम्बर, जन्म मिति, भुक्तानी रकम भर्नुहोस् र सबै विवरणहरू सही छन् गरी जाँच गर्नुहोस्, भुक्तानी पुष्टि गर्नुहोस्
भुक्तानी सफल भएपछि, तपाईं १०० प्रतिशत क्यासब्याक जित्ने लकी ड्रा को लागि योग्य हुनुहुनेछ । यो अभियान फोनपे बिल्सको सहजता अनुभव गर्ने साथै भुक्तानी गरेर पुरस्कार प्राप्त गर्ने एक उत्कृष्ट अवसर हो।
फोनपे बिल्स फोनपेको एक सेवा हो । जसको माध्यमले ग्राहकहरूले बिजुली, पानी, टिभी, इन्टरनेट, ईएमआई, सरकारी राजश्व, शिक्षा, एयरलाइन्स, र अन्य सेवाहरूको बिल आफ्नो मोबाइल बैंकिङ एपबाट सजिलै तिर्न सक्छन् ।