नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
सर्वसाधारणले खरिद गर्न मिल्ने
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ३ हजार ९७८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यो सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज (पुस १७ गते) देखि ७ दिनभित्र बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।