citizens life insurance long ad
stcnepal long ad

ज्योति विकास बैंक ‘एक्सिलेन्स इन डिजिटल ट्रान्जेक्शन’ अवार्डबाट सम्मानित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ज्योति विकास बैंक उत्कृष्ट डिजिटल सेवाका साथै सबैभन्दा बढी डिजिटल कारोबार गर्दै विद्युतीय भुक्तानीलाई प्रोत्साहन गरेकोमा नेपाल क्लियरिङ हाउस लिमिटेड (एसीएचएल) द्वारा ‘एक्सिलेन्स इन डिजिटल ट्रान्जेक्शन’ अवार्डबाट सम्मानित भएको छ।

एनसीएचएलको १६ औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललाई विकास बैंकहरूमध्ये उत्कृष्टताका लागि यो प्रतिष्ठित अवार्ड प्रदान गरेका हुन्।

ज्योति विकास बैंकले प्रविधिमैत्री र ग्राहक केन्द्रित सेवाहरूलाई प्राथमिकतामा राख्दै डिजिटल ट्रान्सफर्मेशन र नवीनतम प्रविधि मार्फत नेपालको डिजिटल बैंकिङ क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै सबल र सुदृढ डिजिटल बैंकिङ निर्माणलाई निरन्तरता दिँदै आएको छ।

बैंकले ग्राहकहरूलाई सुविधाजनक र सुरक्षित पहुँच प्रदान गर्ने अनलाइन र मोबाइल बैंकिङ प्लाटफर्महरूलाई सुव्यवस्थित गर्दै विभिन्न आधुनिक डिजिटल बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउँदै आएको छ।

बैंकले विकास बैंकहरूमा पहिलो पटक भ्वाइस अडिओ बक्स क्यूआर सेवा सुचारू गरी क्यूआर मर्चेन्टहरूको सहजता सुनिश्चित गरेको छ। यसैगरी, डिजिटल बैंकिङ र नगद रहित कारोबार प्रवर्द्धन गर्दै क्रस–बोर्डर भुक्तानी सेवा पनि सञ्चालन गरेको छ।

मोबाइल बैंकिङ एप मार्फत मुद्दती खाता खोल्न सकिने सुविधा, ज्योति स्मार्ट एपमार्फत एटीएमबाट पैसा झिक्न सकिने कार्डलेस क्याश विथड्र सेवा, चेक बिना नै काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी रकम झिक्न सकिने स्क्यान र विथड्र सेवा, अनलाइनबाटै खाता खोल्न र सुचारू गर्न भिडिओ केवाईसी सुविधालगायत थुप्रै आधुनिक बैंकिङ सेवाहरू बैंकले उपलब्ध गराएको छ।

यसका साथै, देशभरिका व्यवसायीलाई निःशुल्क क्यूआर कोड सेवा प्रदान गर्दै बैंकले डिजिटल कारोबारलाई थप प्रोत्साहित गर्दै डिजिटल बैंकिङको विकासमा महत्त्वपूर्ण योगदान दिइरहेको छ।

अत्याधुनिक डिजिटल अभ्यासहरूलाई उच्च प्राथमिकता दिँदै बैंकसँगको कारोबारलाई थप सबल र प्रभावकारी बनाउन बैंक प्रतिबद्ध छ।

डिजिटल बैंकिङको प्रयोग बढेसँगै बैंकले सोही प्रक्रियामा आवश्यक पर्ने पासवर्ड, पिन, ओटीपी कोड र अन्य गोप्य विवरण सुरक्षित राखी कारोबार गर्न र वित्तीय ठगीविरूद्ध सचेत हुन जोड दिएको छ ।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

IME Life
kumari