मुक्तिनाथ विकास बैंकका शेयरधनीको हात खाली हुने
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका शेयधनीको हात यस पटक खाली हुने भएको छ ।बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ ।
बैंकको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगरी सञ्चित मुनाफा खातामा राख्ने निर्णय गरेको हो ।
साथै बैठकले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने र पारितका लागि बैंकको आगामी वार्षिक साधारणसभा पेश गर्ने निर्णय समेत गरेको छ।