citizens life insurance long ad
stcnepal long ad

नबिल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात मंसिर १० गते बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकले मंसिर २७ गते बिहीबार बिहान १० बजेदेखि राष्ट्रिय सभा गृह, प्रर्दशनी मार्गमा ४० औं वार्षिक साधारण सभा बोलाएको छ।

साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत अर्थात दुई अर्ब ७० करोड ५६ लाख ९९ हजार ६७२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

साथै, साधारण सभाले गाभ्ने गाभिने तथा प्राप्ति गर्न, रणनीतिक साझेदारी गर्नेदेखि सम्पूर्ण कार्यका लागि सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने समेत प्रस्ताव पनि पारित गर्नेछ।

IME Life
kumari