प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले केही संस्थापक शेयरधनीको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो । यद्यपि, बिक्रीमा राखिएको शेयर संख्या र मूल्य भने खुलाइएको छैन ।
यो शेयर हाललाई बैंकका विद्यमान शेयरधनीले मात्रै खरिद गर्न पाउने छन् । शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलादीस्थित कम्पनीसचिवको कार्यालय, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।
शेयरको बिक्री मूल्यसम्बन्धी जानकारीका लागि बैंकमा सम्पर्क गर्न भनिएको छ । साथै तोकिएको समयभित्र संस्थापक शेयधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि बैंकले जनाएको छ ।