stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

नबिल बैंकको ४० औं वार्षिक साधारण सभा मंसिर २७ गते

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । नबिल बैंकले मंसिर २७ गते ४० औं वार्षिक साधारण सभा आह्वान गरेको छ । मंसिर २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले साधारण सभा मंसिर २७ गते गर्ने निर्णय गरेको हो ।

साधारण सभा प्रयोजनार्थ मंसिर १० गते १ दिन बुक क्लोज गर्ने बैंकले जनाएको छ । जस अनुसार आइतबार मंसिर ९ गते सम्म कायम सेयरधनीले बैंकको साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

नबिल बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरुलाई करसहित १०% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित नगद लाभांश साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिने बैंकले जानकारी गराएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा भने यस बैंकले ११% नगद लाभांश वितरण गरेको थियो ।

 

prabhu mahalaxmi
kumari