नबिल बैंकको ४० औं वार्षिक साधारण सभा मंसिर २७ गते
काठमाडौं । नबिल बैंकले मंसिर २७ गते ४० औं वार्षिक साधारण सभा आह्वान गरेको छ । मंसिर २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले साधारण सभा मंसिर २७ गते गर्ने निर्णय गरेको हो ।
साधारण सभा प्रयोजनार्थ मंसिर १० गते १ दिन बुक क्लोज गर्ने बैंकले जनाएको छ । जस अनुसार आइतबार मंसिर ९ गते सम्म कायम सेयरधनीले बैंकको साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
नबिल बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरुलाई करसहित १०% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित नगद लाभांश साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिने बैंकले जानकारी गराएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा भने यस बैंकले ११% नगद लाभांश वितरण गरेको थियो ।